गृहपृष्ठ निर्मला हत्या प्रकरण : एसपी विष्टसहित तीनै जनाको डीएनए मिलेन
निर्मला हत्या प्रकरण : एसपी विष्टसहित तीनै जनाको डीएनए मिलेन
कञ्चनपुरमा फेरि अान्दाेलन सुरू
कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणले नयाँ मोड लिएको छ । छानबिनको क्रममा निलम्बित एसपी डिल्लीराज विष्ट सहित तीन जनाको डीएनए मेल नखाएपछि घटनाले नयाँ मोड लिएको हो ।
एसपी विष्ट सहित उनका उनका छोरा किरण विष्ट र भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्टका भतिजा आयुश विष्टको डीएनए परिक्षण गर्दा मेल नखाएको हो । कञ्चनपुरका एसपी कुबेरबहादुर कठायतले तीनै जानको डीएनए मेल नखाएको बताए । उनका अनुसार निर्मलाको भेजिनल स्वाबमा भेटिएको डीएनएसँग तीनै जनाको मेल खाएन ।
यसअघि पक्राउ परेका दिलिप विष्ट र चक्रदेव बडूको समेत डिएनए मिलेको थिएन् । एसपी विष्टले प्रमाण नष्ट गरेको आरोप लागेको थियो भने उनका छोरा र नगर प्रमुखका भतिजामाथि स्थानीयले आशंका गरेका थिए । तर, तीनै जनाको डीएनए नमिलेपछि कसले हत्या गरेको हो भन्ने अन्योलता थपिएको छ । बलात्कारपछि हत्या भएको दुई महिना बढी हुँदा पनि वास्तविक हत्यारा पत्ता लागेको छैन ।
दुई महिनासम्म पनि हत्यारा पत्ता नलागेपछि निर्मलाका परिवारले न्याय पाउने आशा मरेको बताएका छन् । ‘एसपी विष्ट सहित तीनै जनाको डीएनए रिपोर्ट नमिलेको भन्ने सुनेको छु, डीएनए परिक्षणमै शांका छ । सुरु देखि नै प्रमाण नष्ट गरिएकाले डीएनए परिक्षण नमिलेको हा ।’ न्युज कारोबारसँग निर्मलाका बुबा यज्ञराज पन्तले भने ।
राज्यले नै अपराधिलाई जोगाउन लागेकाले छोरीको हत्यारा पक्राउ नपरेको उनले गुनासो गरे । जुन घरमा छोरी गएकी थिइ त्यहीँ घरबाट अनुसन्धान हुनुपर्ने समेत उनले बताए । ‘गरीब भएकाले नेपाली नागरिक नभएको जस्तो राज्यले व्यबहार गरेको छ, न्याय पाउने आशा छैन, अब काहाँ जाने ?’ उनले प्रश्न गरे ।सरकारले बनाएको उच्च स्तरीय समितिले समेत छानबिन गरि प्रतिवेदन सरकारलाई बुझाएको छ । तर, प्रपतवेदन सार्वजनिक गरिएको छैन ।
फेरि आन्दोलन सुरु
कञ्चनपुरको भीमदत्त नगरपालिकामा फेरि आन्दोलन सुरु भएको छ । १३ वर्षिया बालिका निर्मलाको बलात्कारपछि हत्या गर्ने अभियुक्तलाई दुई महिना बढि हुँदा पनि पक्राउ नगरेको भन्दै सरकारलाई दवाव दिन आन्दोलन सुरु गरेका हुन् । हत्या पक्ररणमा प्रमाण नष्ट गरेको आरोप लागेका निलम्बित एसपी डिल्लीराज विष्ट सहित तीन जनाको डीएनए मेल नखाएपछि आन्दोलन सुरु भएको हो ।
एसपी विष्ट सहित उनका उनका छोरा किरण विष्ट र भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्टका भतिजा आयुश विष्टको डीएनए परिक्षण गर्दा मेल नखाएको हो । उच्चस्तरीय छानविन समितिको प्रतिवेदन सार्वजनिक गरि दोषीलाई कारबाहीको माग गर्दै स्थानीय फेरि आन्दोलमा उत्रिएका हुन् ।गत साउन १० गते साथी रोशनी बमको घर गएकी निर्मला भोलीपल्ट उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।
प्रकाशित समय १०:५४ बजे

















