गृहपृष्ठ कञ्चनपुरमा थप साढे ५ किलो सुन बरामद
कञ्चनपुरमा थप साढे ५ किलो सुन बरामद
कञ्चनपुरमा प्रहरीले थप ५ किलो ६ सय ग्राम सुन बरामद गरेको छ ।
बिहीबार १८ किलो सुनसहित १ जनालाई पक्राउ गरेको प्रहरीले साँझ थप सुन बरामद गरेको जानकारी दिएको छ । बिहीबार पक्राउ परेका स्थानीय एक व्यक्तिको बयानका आधारमा शुक्लाफाँटा–११ का लक्ष्मण तिरुवाले घरमा लुकाएको अवस्थामा थप सुन बरामद भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
प्रकाशित समय ०८:५३ बजे

















