गृहपृष्ठ जाजरकाेट बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो, ९ जना घाइते

जाजरकाेट बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो, ९ जना घाइते

durghatna2-newskarobar

जाजरकोट डोल्पा सडकको खलंगा रिम्ना खण्डको भेरी नगरपालिका १, पिपिरी रुख भीरबाट भेरी नदी किनारमा बस खस्दा ४ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ९ जना घाइते भएका छन् । नेपालगञ्जबाट पश्चिम रुकुमको राडीबजार तर्फ जाँदै गरेको भे १ ख १३२९ को बस रिम्नाबजारदेखि डेढ किलोमिटरको बिहीबार साँझ भेरी नदी किनारामा खसेको थियो ।

बस सडकबाट १ सय ५० मिटर तल भेरी नदी किनाराको बगरमा खसेको थियो । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको जाजरकोट अस्पताल उपचार भइरहेको छ ।

प्रकाशित समय ०८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु