गृहपृष्ठ रक्त अल्पताबाट यसरी बचौं

रक्त अल्पताबाट यसरी बचौं

मानिसको शरीरमा रगतको कमी हुनुमा धेरै कारण हुन सक्छन् । सामान्यतया साना शिशु, महिला खेलाडी, अपरेसन वा दुर्घटनाका कारण बिरामीमा रगतको कमी हुन सक्छ । यस्ता व्यक्तिलाई रक्त अल्पताको जोखिम बढी हुन सक्छ । योबाहेक महिलाहरूलाई महिनावारीको समयमा हुने रक्तस्राव एवं गर्भावस्थाका कारण पनि यो समस्या आउन सक्छ । यहाँ रक्त अल्पता हटाउने केही तरिकाबारे चर्चा गरिँदै छ ।

केकस्ता वस्तुको सेवनले रक्त अल्पताबाट बच्न सकिन्छ ? रक्त अल्पताबाट बच्न सेवन गर्न नहुने चिजबारे पनि चर्चा गरिन्छ । रक्त अल्पता हटाउन माछामासु र अण्डा हितकारी मानिन्छन् । साकाहारीका लागि सोयाबिन, केराउ, सुक्खा मेवाको सेवन रक्त अल्पता हटाउने उत्तम उपाय मानिन्छ । ताजा हरिया तरकारी, हरियो मकै, विभिन्न प्रकारका दाल दैनिक भोजनमा समावेश गरेपछि शरीरमा आइरन (फलाम) को कमी हुन पाउँदैन । फलामको कमी नभएपछि रक्त अल्पताको सिकार हुनु पर्दैन ।

खाजा र खानाका साथ फलफूल पनि नियमित रूपमा सेवन गर्नुपर्छ । फलफूलमा रहेको भिटामिन सी शरीरमा फलामको मात्रा बढाउन सहायक हुन्छ । कडा चिया वा कफीबाट बच्नुपर्छ । यस्तो सेवनले शरीर खानाबाट फलाम ग्रहण गर्न सक्दैन । चिकित्सकको सल्लाहबिना कुनै हालतमा पनि आइरन चक्की सेवन गर्नु हुँदैन । शरीरमा फलाम आवश्यकभन्दा बढी हुनुलाई राम्रो मानिदैन ।

प्रकाशित समय १५:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु