गृहपृष्ठ जिपी कोईराला स्मृती छात्रा भलिवल सुरु

जिपी कोईराला स्मृती छात्रा भलिवल सुरु

बुटवल- शनिबारदेखि बुटवलमा जिपी कोईराला स्मृती छात्रा भलिवल प्रतियोगिता सुरु भएको छ । जिपी कोईराला स्मृति प्रतिष्ठान बुटवलले आयोजना गरेको प्रतियोगिताको पूर्व राज्य मन्त्री तथा नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले उद्घाटन गरेका हुन । प्रतियोगिताको उद्घाटन गर्दै सभापति रज्जाकले स्वास्थ्य संगै देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनकालागि पनि खेलकुँदको महत्वपूर्ण भूमिका हुने बताए ।
उनले सिंह दरवारको अधिकार गाउँगाउँमा पुगेपनि जनताको घरदैलोमा अझै पुग्न नसकेको उल्लेख गर्दै यस तर्फ गम्भिर भएर काम गर्न संघीय, प्रदेश तथा स्थानीय सरकारलाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य रमा अर्यालले खेलकँदलाई प्राथमिकतामा राखेर बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह गरिन् । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले अग्रज नेताहरुको स्मृति चिरस्थायी बनाउनकालागि नगरपालिकाले अग्रसतरता लिएको बताए । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा प्रतिष्ठानले सञ्चालन गरेको यो प्रतियोगिता चौथो संस्करण हो ।
करिव १ लाख खर्च लाग्ने उक्त प्रतियोगिता सञ्चालनकालागि नगरपालिकाले ७५ हजार रुपैंया वार्षिक सहयोग गर्दै आएको छ । प्रतियोगितामा ६ बिद्यालयका छात्राहरु सहभागि छन् । प्रतिष्ठानका अध्यक्ष नन्दराम भण्डारी , काँग्रेस महासमिति सदस्य रामबहादुर कार्की, प्रतिष्ठानका उपाध्यक्ष तथा काँग्रेस क्षेत्रीय सभापति हरि लम्साल, बुटवल नगर सभापति खेलराज पाण्डे लगायतले भनाई राखेका थिए ।
दुई दिनसम्म चल्ने प्रतियोगितामा बुटवल उपमहानगरपालिका भित्रका कान्ति माध्यमिक बिद्यालय, नवरत्न माध्यमिक बिद्यालय, बुटवल माध्यमिक बिद्यालय, दीप बोर्डिङ, नविन औद्योगिक कदरबहादु रीता माध्यमिक बिद्यालय र न्यू होराईजन गरी ६ बिद्यालयका टिम प्रतिस्पर्धामा सहभागि भएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्वितीय हुनेलाई ७ हजार ५ सय, तृतीय हुनेलाई ५ हजार तथा सान्त्वना हुने टिमलाई २ हजार रुपैंया नगद पुरस्कार सहित शिल्ड र प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठानका सचिव तथा खेल संयोजक परमानन्द भट्टराईले जानकारी दिए ।

प्रकाशित समय ०७:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु