गृहपृष्ठ सातवटा विद्यालयलार्इ पुस्तक हस्तान्तरण

सातवटा विद्यालयलार्इ पुस्तक हस्तान्तरण

रसुवा– द एसिया फाउन्डेसनले हिमाली विकट जिल्ला रसुवाका सातवटा सामुदायिक विध्यालयलाई पुस्तक हस्तान्तरण गरेको छ । रसुवाको गोल्जुङमा रहेको श्री पार्वतीकुण्ड माध्यमिक विध्यालयमा आयोजित एक कार्यक्रमबीच नेपालका लागि अमरिकी राजदूत अलाइना बी टेप्लिज र द एसिया फाउन्डेसन नेपालस्थित कार्यालयका निमित्त देशीय प्रतिनिधि नन्दिता बरुहले संयुक्त रुपमा हस्तान्तरण गरे । नेपाली र अंग्रेजी भाषाका ४०० वटा सो पुस्तकको मूल्य ३ लाख ९२ हजार सात सय रुपैयाँ रहेको छ ।

द एशिया फाउन्डेसन र नेप्लिज एसोसिएसन अफ स्कुल लाइबेरियन्स द्वारा संयुक्त रुपमा आयोजित पुस्तक हस्तान्तरण कार्यक्रममा द एसिया फाउन्डेसनका बुक फर प्रोग्राम निर्देशक समिरा श्रेष्ठले विध्यार्थीमा पढ्ने बानीको विकास गराउन द एसिया फाउन्डेसनले डिजिटल लाइब्रेरीको विकास गरेको बताउँदै विध्यार्थीलाई डिजिटल लाइबेरी प्रयोग गर्ने तरिकाबारे प्रशिक्षण दिइन् ।

द एसिया फाउन्डेसनले श्री पार्वतीकुण्ड माध्यमिक विध्यालय, श्री सरस्वती प्राथमिक विध्यालय, श्री हाकु माध्यमिक विध्यालय, नेपाल राष्ट्रिय माध्यमिक विध्यालय, श्री पारजुङ प्राथमिक विध्यालय, श्री निलकण्ड माध्यमिक विध्यालय र श्री सतिदेवी माध्यमिक विध्यालयलार्इ पुस्तक प्रदान गरेको हो ।

प्रकाशित समय ०७:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु