गृहपृष्ठ पेट्रोलियम पदार्थको फेरि मूल्य बढ्यो

पेट्रोलियम पदार्थको फेरि मूल्य बढ्यो

nepal-oil-corporation

काठमाडौं- नेपाल आयल निगमले पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य फेरि बढाएको छ । पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु तीन÷तीन का दरले वृद्धि गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।
यो सँगै पेट्रोलको मूल्य ११३ पुगेको छ भने डिजेल र मट्टितेलको रु ९५ पुगेको छ । ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।
यो मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर रु १.५९ तथा डिजेल र मट्टितेलमा रु ३.४९ घाटा रहेको जनाएको छ ।

प्रकाशित समय ०७:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु