गृहपृष्ठ गर्भावस्थामा फलफूलकाे सेवन
गर्भावस्थामा फलफूलकाे सेवन
गर्भावस्था महिलाहरुको लागि विशेष प्रकारको अवस्था हो । यस अवस्थामा आमा र बच्चा दुवैको स्वास्थ्यको उचित ख्याल गर्नु आवश्यक छ । त्यसैले गर्भावस्थामा आमा र बच्चाको स्वास्थ्यलाई विशेष महत्व दिएर ख्याल राख्न सल्लाह सुझाव समेत दिने गरिन्छ । गर्भावस्थामा महिलाहरुको लागि सन्तुलित आहरा, योगा मात्र नभई समय समयमा चिकित्सकको परामर्शको पनि उत्तिकै आवश्यकता पर्दछ । त्यसैगरी गर्भावस्थाकी आमालाई भिटामिन, क्याल्सियम, आइरन, प्रोटिन आदिको पनि आवश्यकता पर्दछ । यसका अलावा गर्भवति महिलाले निम्न कुराहरु समेत महत्वपूर्ण मानिन्छ ।
- अक्सर गर्भवती महिला फल भन्दा त्यसको जुस खान मन पराउने हुन्छन् । तर, यस्तो अवस्थामा जुसको तुलनामा फलले पोषक तत्वको आपूर्ति बढी गर्दछ ।
- अंगुर, आँप, म्यावा, जस्ता फलमा खनिज, लवण एवं भिटामिन पनि भरपुर मात्रामा पाइन्छ, जसले गर्भवती महिला र गर्भमा रहेको बच्चा दुवैको स्वस्थ र तन्दुरुस्त राख्न मद्दत गर्दछ ।
- र्भवति अवस्थाकी ममिलालाई आँखाको लागि भिटामिन ए, दाँत र हड्डीको लागि क्याल्सियम र भिटामिनको आवश्यकता पर्दछ । त्यसैले भिटामिन ए पाइने आँप, म्यावा, गाँजर तथा भिटामिन सी पाइने फलहरुको सेवन गर्नु उपयुक्त मानिन्छ ।
- के बताइन्छ भने शारिसिक र मानसिक तन्दुरुस्तीका लागि भिटामिन सी पाइने फलहरुको सेवन दिनमा दुई देखि तिनपटक सम्म गर्न सकिन्छ ।
- गर्भावस्थामा फलका अलावा शारीरिक र मानसिक स्फूर्तिका लागि बदाम, काजु, किसमिस जस्ता खाद्य पदार्थहरु समेत लाभकर हुन्छन् ।
प्रकाशित समय १४:३६ बजे

















