गृहपृष्ठ पहिरोका कारण आवागमन ठप्प
पहिरोका कारण आवागमन ठप्प
सांकेतिक तस्बिर ।
डाेल्पा- डोल्पा सदरमुकाम दुनै जुफाल त्रिपुराकोट जाने सडकखण्डको बीचमा पहिरो जाँदा आवागमन ठप्प भएको छ ।
लगातारको वर्षातपछि ठूलीभेरी नगरपालिकामा पर्ने धुपीचौरमा पहिरो जाँदा आवागमन ठप्प भएको हो । सदरमुकाम दुनै पुग्ने मूलबाटो पहिरोले पुरिँदा मुस्किलले मात्रै सदरमुकाम दुनै आउनेजाने स्थिति रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सेना र प्रहरी मिलेर पनि पहिरो पन्छाउन सक्ने स्थिति नरहेकाले डोजर प्रयोग गरी पहिरो हटाउन जनप्रतिनिधिसंग आग्रह गरिएको बताइएको छ ।
-रासस
प्रकाशित समय १३:४७ बजे

















