गृहपृष्ठ किवानिजले पोखरामा शैक्षिक सम्मेलन गर्ने

किवानिजले पोखरामा शैक्षिक सम्मेलन गर्ने

काठमाडौं- वालवालिकाको क्षेत्रमा काम गर्दै आएको किवानिज इन्टरनेशनल नेपालले पोखरामा शैक्षिक सम्मेलन गर्ने भएको छ ।

बिहिबार आयोजित पत्रकार सम्मेलनमा किवानिजका अध्यक्ष सुजनकुमार श्रेष्ठले यही भदौ १५ गते पोखरामा शैक्षिक सम्मेलन गर्ने निर्णय गरेको जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले नेपालमा २१ किवानिज क्लवमा ५ सयभन्दा बढी सदस्य आबद्ध रहेको जानकारी गराउँदै सिन्धुपाल्चोकमा १ हजारभन्दा बढी वालवालिकालाई स्टेशनरी, खाजा, खेलकुद सामग्रीलगायतका सामान प्रदान गर्दै आएको बताए ।

उनले नवलपरासीमा वालवालिकाको नेतृत्व विकासका लागि के–किड्ज क्लब, हेटौंडामा सडक वालवालिकाका लागि मामा घर नेपाल, पोखरामा ५० वालवालिकाका लागि झोला र स्टेशनरी तथा रुपन्देहीमा ५ सय वालवालिकालाई स्टेशनरी प्रदान गर्दै आएको उल्लेख गरे ।

अध्यक्ष श्रेष्ठले क्लवका पदाधिकारीलाई प्रविधियुक्त बनउँन शैक्षिक सम्मेलन गर्न लागेको जानकारी दिए ।

त्यसैगरी सम्मेलनका संयोजक तथा किवानिजका सचिव लक्ष्मण लम्सालले सम्मेलनका किवानिजको अन्तर्राष्ट्रिय पोर्टल सञ्चालन, अनलाईन र इमेलबाट रिपोर्ट तथा जानकारी पठाउने र पाउने विधि सिकाइने जानकारी दिए ।

सचिव लम्सालले सम्मेलनमार्फत् आगामी वर्षका लागि चयन भएका किवानिज क्लवका पदाधिकारीलाई क्लबका गतिविधि अनलाइन पोर्टल मार्फत अद्यावधिक गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित समय १५:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु