गृहपृष्ठ यस्ता छन् चीनबाट आउने नेपालीले पालना गर्नुपर्ने नियम (विज्ञप्तिसहित)
यस्ता छन् चीनबाट आउने नेपालीले पालना गर्नुपर्ने नियम (विज्ञप्तिसहित)
चीनमा रहेका नेपाली विद्यार्थीहरू ।
चीनको बुहानबाट क्वारेन्टाइनका लागि नेपाल आउने नेपालीहरुका लागि नेपाल सरकारले केही नियम बनाएकाे छ । स्वास्थ्य जनसंख्या तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति सार्वजनिक गर्दै विभिन्न कुराहरु ध्यान दिनुपर्ने बताएको छ ।
चीनबाट आउने नेपालीलाई सुरक्षित क्वारेन्टाईन स्थल खरिपाटीमा लगेर १४ देखि १७ दिन वा आवश्यकता अनुसार सो भन्दा बढी दिन राखिने बताइएको छ । स्वास्थ्य परीक्षण तथा क्वारेन्टाईनको बसाईलाई सकेसम्म सहज, ब्यवस्थित तथा स्वस्थ बनाउँनका लागि Hand Hygiene, Respiratory Hygiene जस्ता सुबिधालाई प्रभावकारीताका साथ व्यवस्थित गरिएको छ ।
मन्त्रालयका अनुसार आउने बेलामा चालकदलका सदस्य तथा स्वास्थ्यकर्मीले दिएको निर्देशन, सल्लाह, सुझाबको पूर्णरुपमा पालना गर्नुपर्ने बताइएको छ । जसअनुसार जहाजमा तोकिएको सिटमा बस्नुपर्ने, स्वास्थ्य सुरक्षाका कारण जहाजको सम्पूर्ण उडान अवधिभर आफ्नो मोबाईल फोन पूर्णरुपमा स्विच अफ गर्नुपर्नै,”Aeroplane Mode” मा राख्ने मात्र होईन । स्वास्थ्य प्रयोजनका अलवा कुनै पनि बिध्युतिय सामाग्रीहरु प्रयोग गर्न पाईने छैन ।


प्रकाशित समय १४:५२ बजे

















