गृहपृष्ठ थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

बिहीबार थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको छ ।
आज कोरोनाबाट थप ६ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ४९ पुगेको छ । मन्त्रालयका अनुसार आज थप ९ सय ४७ जना कोरोनामुक्त भएका छन् । यससँगै देशभर कोरोना भाइरसबाट निको भई घर फर्किनको संख्या २ लाख ४० हजार ३ सय ६३ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५ सय ८० जना छ । जसमध्ये ९ हजार ८ सय ८० जना आइसोलेसनमा र ४ सय ४४ जना क्वारेन्टिनमा छन् ।
आज थप ६ हजार ५ सय ५८ जनामा पीसीआर परीक्षण गरिएका छन् । हालसम्म नेपालमा १८ लाख ५५ हजार ७ सय २४ जनामा पीसीआर परीक्षण गरिएका छन् ।

प्रकाशित समय १६:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु