गृहपृष्ठ भन्सार छलेर भित्रिँदै गरेको करिब ६ लाखको सामान बरामद
भन्सार छलेर भित्रिँदै गरेको करिब ६ लाखको सामान बरामद
सशस्त्र प्रहरी बल महोत्तरीले भन्सार छलेर भित्र्याउन लागेको करिब ६ लाख मूल्यको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बलको टोलीले बुधबार ३ बजे विशेष सुराकीका आधारमा एकडाँडा गाउँपालिका २ बाट भन्सार छलेर भारतबाट ल्याई परालको कुन्युमा लुकाएर राखेको करिब ५ लाख ७५ हजार ७१० रुपैयाँको कपडा र जुत्ता बरामद गरेको हो ।
बरामद सामान भन्सार कार्यलय जलेश्व मा बुझाइएको सशस्त्र प्रहरी बल महोत्तरीका प्रमुख गणपति सुरेश सापकोटाले जानकारी दिए । अवैध रुपमा हुने जुनसुकै कारोबारलाई कडाइ गर्दै राजस्व संकलनमा पूर्ण जिम्मेवारी बहन गर्ने उनले बताएका छन् । सशस्त्र प्रहरीले समाजमा हुने अवैध कामको रोकथामका साथै जनचेतनामूलक कार्य र स्वास्थ्यसम्बन्धी शिविरसमेत सञ्चालन गर्दै आएको छ ।
प्रकाशित समय १५:५१ बजे

















