गृहपृष्ठ यस्तो हुन्छ भोक र रिसको सम्बन्ध

यस्तो हुन्छ भोक र रिसको सम्बन्ध

हामीहरुलाई सामान्यतया भोकसँगै रिस पनि उठ्छ । भोक लाग्दा रिस किन उठ्छ त ? यसका पनि केही कारण छन् । वैज्ञानिकहरुका अनुसार जीव विज्ञानको परस्पर क्रिया एवं व्यक्तित्व तथा आस–पासको परिवेशका कारण भोक लाग्दा रिस उठ्न सक्छ ।

अमेरिकास्थित युनिभर्सिटी अफ नर्थ कोरोलोनाकी एक छात्रा डाक्टर जेनीफर मेकोमार्कका अनुसार भोकको महशुस गर्दा भावना तथा दुनियालाई हेर्ने दृष्टिकोण पनि प्रभावित हुन्छ ।

लेखक मेकोमार्कका अनुसार उनको अध्ययनको मुख्य उद्देश्य भोकसँग जोडिएको भावनात्मक स्थितिको मनोवैज्ञानिक रुपमा अध्ययन गर्नु थियो ।

उनका अनुसार भोकसँगै रिस उठ्नुमा माहौल र भोक मात्र जिम्मेवार छैन किनकी यसमा व्यक्तिको भावनात्मक जागरुगताले पनि प्रभाव पार्दछ । उनका अनुसार जो भोक लाग्यो कि लागेन भनेर बढी जागरुक हुन्छ उसलाई भोकको समयमा रिस उठ्ने सम्भावना बढी रहन्छ ।

प्रकाशित समय १६:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु