गृहपृष्ठ फेरियो वीर अस्पतालको मुहार (हेर्नुहोस् तस्बिरमा)
फेरियो वीर अस्पतालको मुहार (हेर्नुहोस् तस्बिरमा)
केही दिनअघिसम्म यत्रतत्र फोहोर देखिने वीर अस्पतालको स्वरुप फेरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पशुपतिनाथ मन्दिरलगायतका विभिन्न सार्वजनिक स्थलको सरसफाइ गरिसकेको खेम्स क्लिनिङ, धुर्मुस–सुन्तली फाउन्डेसन र वीर अस्पतालको संयुक्त प्रयासमा अस्पतालको मुहार फेरिएको हो ।
वीर अस्पतालको भवन पुरानो भएकाले रङरोगन नगरी सफा नदेखिने भन्दै सीताराम कट्टेल (धुर्मुस)ले रंग लगाउन र सरसफाइ गर्न सुरु गरेका थिए । अहिले अस्पतालका भित्ता र सिलिङमा रंगरोगन गरिएको मात्रै छैन, भित्तामा आकर्षक चित्रले समेत भरिएको छ । फोहोर र दुर्गन्धित शौचालयहरु सफा भएपछि बिरामी तथा सेवाग्राहीलाई सहज भएको छ ।



तस्बिरहरु : रासस
प्रकाशित समय १७:१७ बजे















