गृहपृष्ठ सानिमा लाइफका सेवाग्राही र कर्मचारीलाई मेडिसिटीमा १०% छुट

सानिमा लाइफका सेवाग्राही र कर्मचारीलाई मेडिसिटीमा १०% छुट

सानिमा लाइफ इन्स्योरेन्सका ग्राहक तथा कर्मचारीको सुलभ उपचारका लागि सानिमा लाइफ र नेपाल मेडिसिटी अस्पतालबीच सहमति भएको छ । सहमतिसँगै बिमा योजनामा आबद्ध हुने ग्राहकको पूर्वस्वास्थ्य परीक्षण मेडिसिटीले गर्ने भएको छ भने त्यसको सम्पूर्ण व्यवस्थापन सानिमा लाइफले गर्नेछ ।

नेपाल मेडिसिटी, भैंसेपाटीमा भएको सम्झौतापत्रमा अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमाल र सानिमा लाइफका कर्पोरेट नायब महाप्रबन्धक केशव राज केसीले हस्ताक्षर गरे । सम्झौताअनुसार उपचार खर्च, औषधि र डाक्टरसँगको परामर्शमा अस्पतालले १० प्रतिशतसम्म सहुलियत प्रदान गर्नेछ । सानिमा लाइफका सेवाग्राही र कर्मचारीलाई उक्त सुविधा प्रदान गर्र्ने गरी भएको हो ।

सम्झौतापछि नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले सानिमा लाइफका माध्यमबाट क्यासलेस स्वास्थ्य जाँच गराउन पाउनु खुसीको कुरा भएको बताए । त्यस्तै, सानिमा लाइफका कर्पोरेट प्रमुख गुणराज श्रेष्ठले ग्राहकको स्वास्थ्यप्रति कम्पनी सचेत रहेको बताए ।

प्रकाशित समय १८:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु