गृहपृष्ठ सरकार र डा. केसी पक्षबीच शिक्षा मन्त्रालयमा वार्ता जारी
सरकार र डा. केसी पक्षबीच शिक्षा मन्त्रालयमा वार्ता जारी
सहमतिपत्रमा आजै हस्ताक्षर हुने र डा. केसीको २६ दिनदेखिको अनसन तोडिने
सरकार र डा. केसी पक्षबीच सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा वार्ता जारी छ । डा. केसीका माग सम्बोधन गर्ने विषयमा आज बिहान भएको अनौपचारिक वार्तामा सहमति जुटेपछि त्यसलाई औपचारिकता दिन बैठक बसेको हो ।
डा. केसीका माग सम्बोधन गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै अग्रसरता देखाएपछि बिहान भएको अनौपचारिक छलफल निष्कर्षमा पुगेको थियो । बालुवाटारमा बिहान भएको वार्तामा प्रधानमन्त्री ओलीसहित नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, केदारभक्त माथेमा, मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बाँस्कोटा र त्रिवि शिक्षण अस्पतालकी डा. दिव्यासिंह शाहको सहभागिता थियो ।
डा. केसीका जायज माग पूरा गर्दै आजै अनसन तोडाउने तयारीमा सरकार छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले आजै सहमतिपत्रमा हस्ताक्षर हुने डा. केसीको २६ दिनदेखिको अनसन तोडिने बताएका छन् ।
प्रकाशित समय १७:०५ बजे

















