गृहपृष्ठ प्रदेश २ को सरकार विस्तार : तीन राज्यमन्त्री थपिए

प्रदेश २ को सरकार विस्तार : तीन राज्यमन्त्री थपिए

सरकार गठन भएको पाँच महिनापछि प्रदेश २ को सरकार विस्तार भएको छ । बुधबार मुख्यमन्त्री लालबाबु राउतले तीन राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

सरकारमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका तीन नेता सहभागी भएका छन् । राजपाका सहमहामन्त्री सुरेश मण्डल उद्योग तथा पर्यटन राज्यमन्त्री, डिम्पल झा भौतिक पूर्वाधार राज्यमन्त्री र अभिराम शर्मा सामाजिक विकास राज्यमन्त्री बनेका हुन् ।

जनकपुर चुरोट कारखानाको कर्बड हलमा सम्पन्न शपथ समारोहमा मुख्यमन्त्री राउतले नेपालीमा शपथको भाषा वाचन गरे पनि मण्डल र शर्माले मैथिली र झाले हिन्दीमा शपथ लिए । भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी डिम्पल नेता अनिल झाकी श्रीमती हुन् ।

प्रकाशित समय १६:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु