गृहपृष्ठ खेलाडीका लागि डिभिजन लिग आत्मा : शर्मा
खेलाडीका लागि डिभिजन लिग आत्मा : शर्मा
अखिल नेपाल फुटबल संघ (एन्फा) को लिग समिति संयोजक विज्ञानराज शर्माले डिभिजन लिग खेलाडीको आत्मा भएको बताएको छ । बुधबार राजधानीमा अायाेजित अन्तर्क्रिया एवं कार्याशाला गोष्ठीमा शर्माले विश्वका अन्य देश नेपालभन्दा कमजोर भएर पनि फुटबलका महामहिम राष्ट्रहरुसँग विश्वकप खेलिसकेको भन्दै शर्माले अब नेपालले पनि त्यस किसिमको तयारी गर्ने बताए ।
फुटबलमा विकसित र सक्षम देशले लिगलाई मुख्य रुपमा लिएकाले सफल भएको शर्माको भनाइ छ । अब एन्फाले खेलाडीको सम्पूर्ण व्यवस्था गर्ने उनले बताए । ‘अब छिट्टै तीन वर्षे कार्यक्रम ल्याउने तयारीमा एन्फा रहेको बताउँदै उनले क्लबलाई पनि खेलाडी उत्पादन गरेबापत रोयल्टीको व्यवस्था हुने जानकारी गराए । एन्फाभित्रको राजनीति, आर्थिक अनियमितता तथा खेलाडीको राम्रो व्यवस्थापन नहुँदा खेलाडीहरु पूर्णविश्वासका साथ खेल्न सकिरहेका छैनन् ।
प्रकाशित समय १७:३८ बजे

















