गृहपृष्ठ नेपालमा इन्जुरी अनुसन्धान केन्द्रको औपचारिक उद्घाटन

नेपालमा इन्जुरी अनुसन्धान केन्द्रको औपचारिक उद्घाटन

programme-newskarobar

नेपाल इन्जुरी अनुसन्धान केन्द्रको बिहीबार औपचारिक उद्घाटन भएको छ । स्वास्थ तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले राजधानीमा एक कार्यक्रममा बीच बिहीबार उद्घाटन गरेका हुन् ।

केन्द्रको उद्घाटन गर्दै राज्यमन्त्री यादवले सरकारले इन्जुरी केन्द्रलाई सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाउँदै इन्जुरी केन्द्रले सरकार लाई सहि सुझाव तथा सल्लाह दिने विस्वास पनि व्यक्त गरेका छन् । डा. सुशीलनाथ प्याकुरेलले इन्जरी समस्या विश्वमा नै समस्याको रुपमा रहेको भन्दै सरकारले यसलाइ विशेष रुपमा योजना बनाएर लाग्नु पर्ने रहेको बताए ।

उनले दुर्घटनामा परेकालाइ निजी सवारीले थाहा पाएर पनि रेस्कु नगर्ने र गर्नेलाइ पनि प्रहरीले अनावश्यक अनुसन्धानको झमेलामा पर्ने कारण यो समस्या बढेको बताए । रास्ट्रिय योजना आयोगका सदस्य सुशील भट्टले नेपालमा हचुवाको भरमा सडक निर्माण हुने हुँदा बढी दुर्घटना हुने गरेको बताए ।

दुर्घटनाको डाटा र एक बर्श देखि इन्जरिले गरेको गतिविधि प्रस्तुत गर्दै चिप इन्भेस्टिगेटर एण्ड एनआइआरसी निर्देशक प्रा.डा. जुली मिटनले २० देखि ४० वर्ष उमेर समूहको मानिस बढी दुर्घटना हुने गरेको बताइन् । उनले दुर्घटनामा महिलाको तुलनामा पुरुष २ गुणाले बढी रहेको उल्लेख गरिन् । त्यस्तै उनले बिष पियर आत्मा हत्या गर्नेमा युवाहरूमा महिला र बुढा उमेरकामा पुरुष रहेको उल्लेख गरिन् ।

दुर्घटना भएको अवस्थामा समयमा नै उपचार नपाएर मृत्युवरण गर्न नपरोस भन्ने र दुर्घटना कम गर्न सहयोग गर्ने इन्जुरी रिसर्च सेन्टरको मुख्य उद्देश्य हो ।

प्रकाशित समय १४:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु