गृहपृष्ठ सिजी लाईफसेलले ल्यायो बिप एप, १० जनाले एकै पटक भिडियो कल गर्न सकिने
सिजी लाईफसेलले ल्यायो बिप एप, १० जनाले एकै पटक भिडियो कल गर्न सकिने
सिजी लाईफसेलले बिप एपसार्वजनिक गरेको छ । सिजी लाईफ सेल चौधरी ग्रुपअन्तर्गत सूचना प्रविधि क्षेत्रमा काम गर्ने नयाँ विजनेश भर्टिकल हो ।
बिप एप एउटा म्याजेजिङ प्लेटफर्म हो । यसलाई भ्वाईस कल, भिडियो कल गर्न र म्यासेज एवं फाईलको आदान प्रदान गर्न सकिनेछ । साथै, यस एपको माध्यमबाट प्रयोगकर्ताले विनिमय दर, मौसम सम्बन्धी जानकारी र समाचारहरुका बारेमा सजिलै जानकारी प्राप्त गर्न सकिनेछ ।
‘डिजिटल नेपाल निर्माण गर्ने सरकारको लक्ष्यमा हामी जति सक्दो योगदान पु¥याउन चाहान्छौँ’ चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘यसबाट आम नेपाली नागरिकको अझै सर्व सुलभ रुपमा सूचनामा पहुँच पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौँ ।’
यो एप आईओएस र एन्ड्रोईड दुवै मोवाईल अपरेटिङ सिस्टममा चल्छ । यसलाई गुगल प्ले स्टोर र एप्पल एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ ।
यस एपमा तपाईको मोबाईल फोनको भाषाअनुसार परिवर्तन गर्न सकिन्छ ।
यसमा विभिन्न प्रकारका निःशुल्क गेमहरु डाउनलोड नगरीकन खेल्न सकिन्छ ।
फलो मि र लोकेसन सेयर जस्ता बिशेषता प्रयोग गर्न सकिन्छ । सरप्राईज पोइन्टद्वारा विभिन्न प्रकारका उपहारहरु जित्न सकिन्छ । बिपएपलाई डेक्सटपमा समेत प्रयोग गर्न सकिन्छ । १० जना प्रयोगकर्ताले एकैसाथ भिडियो कल गर्न सकिन्छ ।
प्रकाशित समय १७:४९ बजे

















