गृहपृष्ठ बिभिन्न प्रदेशमा आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला हुने
बिभिन्न प्रदेशमा आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला हुने
नेपालको सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रुपमा चिनिएको ‘आइसिटी अवार्ड’ को चौथो संस्करणको तयारीका लागि देशका विभिन्न स्थानमा आइीसटी स्टार्टअप एण्ड इनोभेसन मेला आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आइरहेको आइसिटी अवार्डको प्रि इभेन्ट क्यापियनको रुपमा बिराटनगर, बुटवल र नारायणगढमा स्टार्टअप मेला आयोजना हुन लागेको हो ।
बैशाख २७ र २८ गते बिराटनगरस्थित होटल स्टर्न स्टारमा, जेठ १० र ११ गते बुटवल र जेठ १७ र १८ गते नारायणगणमा स्टार्टअप एण्ड इनोभेसन मेला आयोजना हुने आयोजकले जनाएको छ । मेलामा स्थानिय स्टार्टअप आइटी कम्पनी, नयाँ आइटी प्रडक्ट, विद्यार्थीका आइटी प्रोजेक्टहरु र आइटी शिक्षासम्वन्धी स्टलहरु रहनेछन । कार्यक्रममा नयाँ प्रविधि, ट्रेन्ड्स र उद्यमशिलता सम्वन्धी सम्मेलनसमेत सञ्चालन हुनेछ । यसैगरी उत्कृष्ट स्टार्टअप र आइटी प्रडक्टहरुलाई विशेष सम्मान र थप लगानीको आवश्यक भएमा सहयोग गर्ने बताइएको छ ।
स्थानिय स्तरमा स्टार्टअप र विद्यार्थीलाई उपयुक्त प्लाटफर्म सृजना गर्ने र उत्कृष्टलाई राष्ट्रिय स्तरमा प्रवद्र्धनका साथै सम्मान गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको कार्यक्रम संयोजक राजन लम्सालले बताए । काठमाडौवाहिर यस प्रकारको कार्यक्रम पहिलोपटक सञ्चालन हुन लागेको हो । यसले स्थानीय स्तरका स्टार्टअप, उद्यमी र इनोभेसनलाई प्रवद्धन गर्दै सम्भावना र अवसर सृजना गर्न सहयोग पुर्याउने उनले बताए ।
मेलामा बढिमा ५० स्टलहरु रहनेछन् । कार्यक्रममा सहभागी हुन धधध।दययपष्लन।ष्अतबधबचम।यचन मा गएर रजिस्ट्रेसन गर्नुपर्नेछ । स्टार्टअप र विद्यार्थीका प्रोजेक्टहरुलाई विशेष सहुलियतमा स्टल उपलब्ध गराइएको छ । प्रवेश निशुल्क हुने छ ।
यस वर्षको आइसिटी अवार्डको अनलाइन नोमिनेशन जेठ १ गतेदेखि २५ गतेसम्म खुल्ने जानकारी लिभिङ विथ आइसिटीले दिएको छ । चौथो संस्करणको रुपमा आयोजना हुन लागेको आइसिटी अवार्ड २०१९ मा यस पटक विभिन्न ९ विधामा अवार्ड वितरण गरिने छ । अवार्डको ग्राण्ड फिनाले साउन ३२ गते काठमाडांैमा हुनेछ ।
प्रकाशित समय १६:५५ बजे

















