गृहपृष्ठ आठ घण्टापछि फेसबुकको समस्या सुल्झियो
आठ घण्टापछि फेसबुकको समस्या सुल्झियो
फेसबुक, इन्स्ट्राग्राम र ह्वाट्स एपमा देखिएको समस्या आठ घण्टापछि समाधान भएको छ ।
गएरातिबाट देखिएको समस्या बिहीबार बिहानबाट सुल्झिएको हो । यी एप्स पुरै ठप्प नभए पनि केही फिचरमा समस्या देखिएको थियो । फेसबुकले समस्या समाधान भइसकेको जनाएको छ । यि एपमा तस्बिर र भिडियो लोड नहुने समस्या देखिएको थियो ।
प्रकाशित समय ०८:०७ बजे

















