गृहपृष्ठ फिलिपिन्समा पूर्वराष्ट्रपति पत्नीको जन्मोत्सव भोज खाएका २ सय ४० जना बिरामी
फिलिपिन्समा पूर्वराष्ट्रपति पत्नीको जन्मोत्सव भोज खाएका २ सय ४० जना बिरामी
फिलिपिन्सका पूर्वराष्ट्रपति फेर्डिनान्ड मार्कोसकी श्रीमती इमेल्डा मार्कोसको ९०औँ जन्मोत्सवको भोज खाएका २ सय ४० जना बिरामी परेका छन् ।
राजधानी मनिलादेखि नजिकै रहेको पासिग सहरमा भएको भोजमा सहभागी भएकामध्ये अधिकांशलाई वान्ता भइरहने समस्या भएको हो । उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । भोजमा राखिएको कतिपय खाद्यपदार्थमा विषाक्त चिज रहेकाले उनीहरूको स्वास्थ्यमा समस्या देखिएको पासिग सहरका प्रहरी प्रमुख रिजालिटो गापासलाई उदृत गर्दै सञ्चारमाध्यमहरुले जनाएका छन् ।
जन्मोत्सव समाहरोहको भोजमा २५ सय भन्दा बढी सहभागी भएको बताइएको छ ।
प्रकाशित समय ०७:३७ बजे

















