गृहपृष्ठ भारतपछि टिकटक बन्द गर्दै अमेरिका

भारतपछि टिकटक बन्द गर्दै अमेरिका

चीनले उत्पादन गरेको सामाजिक सञ्जाल टिकटक अमेरिकाले पनि बन्द गर्ने भएको छ । भारतले टिकटकलगायतका ५९ चिनियाँ एपमा प्रतिबन्ध लगाएको दुईसाता नबित्दै अमेरिकाले पनि त्यस्तै निर्णय गर्न लागेको हो ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले टिकटकसहितका चिनियाँ एप प्रतिबन्ध गर्ने तयारी भइरहेको बताएका छन् । मंगलबार फक्स न्युजसँगको अन्तर्वार्तामा उनले टिकटकले लाखौं प्रयोगकर्ताको डाटा चोरिरहेको टिप्पणी गरेका हुन् ।

टिकटकमाथि प्रतिबन्ध लगाउन यसअघि नै अमेरिकाका सांसदहरुले आवाज उठाउँदै आएका थिए । कोरोनाभाइरसको व्यवस्थापन, हङकङमा बेइजिङले लगाएको राष्ट्रिय सुरक्षा कानुन र व्यापार युद्धले विश्वशक्ति राष्ट्रहरू चीनविरुद्ध उत्रिएका हुन् ।

प्रकाशित समय १३:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु