गृहपृष्ठ नेपाल आइपुग्यो ‘सस्तो आईफोन’, आगामी सातादेखि बजारमा

नेपाल आइपुग्यो ‘सस्तो आईफोन’, आगामी सातादेखि बजारमा

एप्पलले केही समयअघि सार्वजनिक गरेको सस्तो आईफोन एसई नेपाल आइपुगेको छ । गत वैशाख ३ गते अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक भएको यो फोन लकडाउनका कारण ढिलो गरी नेपाल भित्रिएको हो । यो फोन आईफोन कम्पनीकै सस्तो मोवाइल हो ।

नेपालमा एप्पलको आधिकारिक विक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालिले सस्तो आईफोन नेपाल भित्र्याएको हो । सस्तो आईफोन एसई- २०२० मोडलका फोन आगामी सातादेखि बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

आईफोन एसई ६४ जीबी, १२८ जीबी र २५६ जीबी भेरियन्टमा नेपाली बजारमा उपलब्ध हुने जनाइएको छ । यसको मुल्य ६८ हजार ५ सय रुपैयाँ पर्नेछ भने १२८ जीबी को आईफोन एसईको मूल्य ७६ हजार ५ सय रुपैयाँ राखिएको छ । त्यसैगरी २५६ जीबी आईफोन एसई को मूल्य ९२ हजार ५ सय रुपैयाँ पर्ने जेनेरेसन नेक्स्टले जनाएको छ ।

४.७ इञ्चको डिस्प्ले रहेको यो फोनमा होम बटन प्रयोग भएको छ । फोनमा फेस अनलक नभएर फिंगरप्रिन्ट सेन्सर रहेको छ । फोनमा १२ मेगापिक्सेलको मुख्य क्यामेरा र सात मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । फोन सेतो, कालो र रातो गरी तीन रङमा उपलब्ध छ ।

प्रकाशित समय १३:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु