गृहपृष्ठ यूएईको ट्रान्सगार्ड ग्रुपमा कार्यरत २५ सय नेपालीले गुमाए रोजगारी

यूएईको ट्रान्सगार्ड ग्रुपमा कार्यरत २५ सय नेपालीले गुमाए रोजगारी

युनाइटेड अरब इमिरेट्स (यूएई)मा एउटै कम्पनीमा कार्यरत २५ सयभन्दा बढी नेपाली कामदारले एकैपटक रोजगारी गुमाएका छन् । कोरोना महामारीका कारण उत्पन्न संकटका कारण यूएईको आउटसोर्सिङ कम्पनी ट्रान्सगार्ड ग्रुपमार्फत काम गर्दै आएका २५ सय नेपालीले रोजगारी गुमाएका हुन् ।

ट्रान्सगार्डमार्फत करिब १२ हजार नेपालीले यूएईका विभिन्न कम्पनीमा कार्यरत छन् । करार अवधि बाँकी छँदै रोजगारी गुमाउनुपरेपछि नेपाली युवा समस्यामा परेका छन् । उनीहरूले आफ्नो समस्याबारे यूएईस्थित नेपाली दूतावासमा जानकारी गराएको बताएका छन् ।

यसबारे दूतावासले परराष्ट्र मन्त्रालयमा जानकारी गराइसकेको छ । कम्पनीले आफ्नै खर्चमा श्रमिकलाई नेपाल पठाउन प्रस्ताव गरेको छ । त्यसका लागि नेपाल सरकारले स्वीकृति दिनुपर्नेछ । यूएईमा हाल करिब २५ हजार नेपालीले रोजगारी गुमाएपछि ४ हजार मात्रै फर्किएको दूतावासले जनाएको छ ।

 

प्रकाशित समय १२:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु