गृहपृष्ठ देशभर साढे १६ लाख डिम्याट खाता, २ अर्ब कित्ता सेयर डिम्याट हुन बाँकी
देशभर साढे १६ लाख डिम्याट खाता, २ अर्ब कित्ता सेयर डिम्याट हुन बाँकी
देशभर धितोपत्रको हितग्राही (डिम्याट) खाता संख्या साढे १६ लाख नाघेको छ । सिडिएस एन्ड क्लियरिङ हाउसका अनुसार देशभर जेठ १६ गतेसम्ममा १६ लाख ५६ हजार २९७ डिम्याट खाता खुलेका हुन् ।
कुल डिम्याट खातामा पुरुष हिस्सा १० लाख १८ हजार ८३९ छ भने महिला हिस्सा ६ लाख ३७ हजार ४५८ छ । कुल खाता संख्याको महिला हिस्सा ३८.४९ प्रतिशत हो ।
प्रदेशगत हिसाबमा सबैभन्दा धेरै बागमती प्रदेशमा ५०.७४ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा १.३२ प्रतिशत मानिससँग डिम्याट खाता रहेको सिडिएसले जनाएको छ ।
संख्यागत आधारमा ८ लाख ४० हजार ४४०, प्रदेश १ मा २ लाख ७४ हजार ६७६, गण्डकी प्रदेशमा १ लाख ८१ हजार ८३१, प्रदेश ५ मा १ लाख ५९ हजार ४०२, प्रदेश २ मा १ लाख २५ हजार ५०, सुदूरपश्चिम प्रदेशमा ५२ लाख ९७४ र कर्णाली प्रदेशमा २१ हजार ९२४ जनासँग डिम्याट खाता छ ।
डिम्याट खाता हुने १६ वर्षभन्दा कम उमेरका १ लाख ३५ हजार ३२७, १७ देखि ३५ वर्ष उमेर समूहका ६ लाख ३५ हजार ९५६, ३६ देखि ६० वर्ष उमेर समूहका ७ लाख २८ हजार ५८६ र ६० वर्षमाथिका १ लाख ५६ हजार ४२८ जना छन् ।
सिडिएसका अनुसार जेठ १६ सम्ममा कुल सेयर संख्याको ७२.४१ प्रतिशत अर्थात् ५ अर्ब २४ करोड ६५ लाख ९ हजार ५२५ कित्ता सेयर डिम्याट भएको छ भने २७.५९ प्रतिशत अर्थात् १ अर्ब ९९ करोड ९० लाख २ हजार ३९६ कित्ता सेयर डिम्याट भएको छैन ।
प्रकाशित समय १३:४० बजे

















