गृहपृष्ठ क्लासिक टेकको इन्टरनेट सेवाको रिचार्जमा बोनस अफर

क्लासिक टेकको इन्टरनेट सेवाको रिचार्जमा बोनस अफर

इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेक प्रालिले रिचार्जमा बोनस योजना ल्याएको छ । कम्पनीले सेवाग्राहीलाई ६ महिना र एक वर्षको वार्षिक शुल्क रकम पुनः भुक्तानी गर्दा छुट दिनेगरी रिचार्जमा बोनस योजना ल्याएको हो ।

कम्पनीले अन्य इन्टरनेट सेवाप्रदायकहरुको तुलनामा सस्तो रिचार्ज रेट तोकेको छ भने सेवाग्राहीलाई ६ महिनाको शुल्क रिचार्ज गर्दा एक महिना थप इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराउनेछ । सेवाग्राहीले एक वर्षको ग्राहक शुल्क रिचार्ज गरेमा दुई महिनाको थप सेवा बोनसमा प्राप्त गर्नेछन् ।

कम्पनीले वार्षिक ग्राहक योजनाअन्तर्गत २० एमबिपिएसका लागि १२ हजार, २५ एमबिपिएसका लागि १३ हजार २००, ३० एमबिपिएसका लागि १३ हजार २००, ३५ एमबिपिएसका लागि १४ हजार १४८, ४० एमबिपिएसका लागि १४ हजार ४००, ५० एमबिपिएसका लागि १५ हजार, ६० एमबिपिएसका लागि १६ हजार ८०० र ७० एमबिपिएसका लागि १८ हजार रुपैयाँ सेवा शुल्क तोकेको छ । यीमध्ये कुनै पनि सेवा १२ महिनासम्म लिएमा दुई महिनाको छुट ग्राहकले प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

अफरअन्तर्गत क्लासिक टेकको इन्टरनेटसहित क्लासिक प्रभु टिभीसमेत दुई महिना अफरमा प्राप्त गर्न सकिनेछ । ग्राहकलाई कुनै पनि योजनामा प्याकेज थप गर्ने वा घटाउन सकिने सुविधा कम्पनीले दिएको छ ।

क्लासिक टेकका सेवाग्राहीले कम्पनीको मोबाइल एपमार्फत सबै सेवाबारे जानकारी प्राप्त गर्न सक्नेछन् भने सेवाको बारेमा गुनासो टिपाउन र अनलाइनबाट नै शुल्क तिर्न सकिने सुविधा पनि उपलब्ध रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

अनलाइन भुक्तानीका लागि क्लासिक टेकले प्रभु पे, इसेवा, आइएमई पे, खल्ती, फोन पे, आईपीएस कनेक्ट, बैंकका कार्डहरु तथा अन्य डिजिटल माध्यमबाट तिर्न सकिने सुविधा उपलब्ध गराएको छ ।

ग्राहकले मोबाइल एपमार्फत नै आफ्नो विस्तृत विवरण राखेर सेवा सकिने अवधि तोक्न सक्नेछन् भने सोही एपमार्फत सेवाको लागि विभिन्न सहयोग तथा मर्मत सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित समय १२:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु