गृहपृष्ठ काठमाडौँ उपत्यकामा एक हप्ता निषेधाज्ञा लम्बियाे

काठमाडौँ उपत्यकामा एक हप्ता निषेधाज्ञा लम्बियाे

काठमाडौँ उपत्यकाको निषेधाज्ञा अझै थप एक हप्ता लम्बिने भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

कोरोना संक्रमण बढ्न नदिन निषेधाज्ञा थप्ने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । संक्रामक रोग ऐन – २०२० को दफा २ र स्थानीय प्रशासन ऐन- २०२८ को दफा ६ (३) अनुसार जिल्ला सुरक्षा समितिको निर्णयअनुसार निषेधाज्ञा जारी गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई छ ।

थप गरिएको निषेधाज्ञा अवधिमा आइसोलेशन सेन्टर बढाउने, कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा बढाउने स्थानीय प्रशासनको तयारी छ ।

 

प्रकाशित समय १२:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु