गृहपृष्ठ ओपोका मोबाइल अब अत्याधुनिक प्रविधिसहित आउँदै

ओपोका मोबाइल अब अत्याधुनिक प्रविधिसहित आउँदै

ओपोले अत्याधुनिक प्रविधिसहितका मोबाइल फोन ल्याउने भएको छ । कम्पनीले मोबाइल फोन नेभिगेसन प्रणालीलाई एक मिटरको रेडियसमा सटिक स्थानको पहिचान गर्न सघाउने स्व–विकसित उद्योगकै अग्रणी हाई प्रसेजन पोजिसनिङ अल्गोरिथम सार्वजनिक गरेको हो ।

कनेक्टिभिटी अपरिहार्य रहेको यस फाइभजी युगमा इनडोर तथा आउटडोर प्रयोग गरिरहँदा विभिन्न एप्लिकेसनका लागि सुदृढ नेभिगेसन प्रणालीको आवश्यकता महसुस गर्दै हाई प्रसेजन पोजिसनिङ अल्गोरिथम सार्वजनिक गरेको ओपोले जनाएको छ । ‘बढ्दो बजार मागलाई सम्बोधन गर्ने सोचका साथ हाई प्रसेजन आरटीके पोजिसनिङ प्रविधि स्मार्टफोनमा कार्यान्वयनमा ल्याउन लागिएको हो,’ ओपोका उपाध्यक्ष तथा ओपो रिसर्च इन्स्टिच्युटका प्रमुख लेभिन ल्यूले भने, ‘यो प्रविधिले असीमित प्रयोगर्तालाई फाइदा पु¥याउनेमा हामी विश्वस्त छौँ ।’

मोबाइल नेभिगेसनमा प्रयोगकर्ता अनुभवमा सुधार उपलब्ध गराउने सोचका साथ विद्यमान पोजिसनिङ प्रविधिका स्थानमा आरटीके प्रविधि स्मार्टफोनमा उपलब्ध गराउन लागेको ओपोले जनाएको छ । आरटीके पोजिसनिङ प्रविधिवाहक चरण मापन (क्यारियर फेज मेजरमेन्ट)मा आधारित छ । यसले मेजरिङ स्टेसन्समार्फत प्राप्त डेटालाई वास्तविक समयमै प्रोसेस गरी स्थानका बारेमा सटिक जानकारी प्रस्तुत गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सन् २०२१ देखि व्यावसायिक रुपमा उपलब्ध गराउने लक्ष्यका साथ हाल कम्पनी यो प्रविधिलाई परिपूर्ण र व्यावसायिक बनाउने कार्यमा लागि परेको उपाध्यक्ष ल्यूले बताए ।

प्रकाशित समय ११:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु