गृहपृष्ठ कांग्रेस सांसद केसीको निधन
कांग्रेस सांसद केसीको निधन
नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । केही समयदेखि मधुमेह र उच्च रक्तचापको समस्या रहेका केसीको ६३ वर्षको उमेरमा सोमबार राति आफ्नै निवासमा निधन भएको हो । उनको निधनबारे नेपाली कांग्रेस कास्कीका सचिव सुदीपमोहन भट्टराईले जानकारी दिएका छन् ।
तीन वर्षअघि प्रतिनिसभा निर्वाचनका बेला उनी कांग्रेसमा प्रवेश गरेका थिए । केसीले तत्कालीन पोखरा नगर पञ्चायतको प्रधानपञ्चको जिम्मेवारी पनि निभाएका थिए ।
उनी राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहँदा केन्द्रीय कोषाध्यक्षको जिम्मेवारीका साथै पहिलो संविधानसभामा संविधानसभा सदस्य बनेका थिए । केसी रारा चाउचाउ, जलविद्युतलगायत विभिन्न व्यापार व्यवसायमा आबद्ध थिए । सामाजिक क्षेत्रमा पनि केसीको महत्वपूर्ण योगदान छ ।
प्रकाशित समय ११:०३ बजे

















