गृहपृष्ठ मंगलबार सुनको मूल्य ४ सय बढ्यो

मंगलबार सुनको मूल्य ४ सय बढ्यो

सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार वृद्धि भएको छ । आज सुनको मूल्य ४ सयले बढेको हो । सोमबार प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य पनि ४ सय रुपैयाँ नै बढेर प्रतितोला ९४ हजार ९ सय रुपैयाँ पुगेको छ ।

आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । सोमबार १ हजार १०५ रुपैयाँमा कायम भएको चाँदी मंगलबार १ हजार ११० रुपयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित समय ११:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु