गृहपृष्ठ द्रुत मार्गमा अप्टिकल फाइबर बिछ्याउन सम्झौता सम्पन्न

द्रुत मार्गमा अप्टिकल फाइबर बिछ्याउन सम्झौता सम्पन्न

नेपाल टेलिकम र काठमाडौ-तराई/मधेश द्रुत सडक आयोजनाबीच अप्टिकल फाइबर बिछ्याउन सम्झौता भएको छ । राजधानीलाई मधेशसँग जोड्ने तुलनात्मक रुपमा निकै छोटो (७२.५ कि.मि.) मानिएको र नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन सो सडकमा अप्टिकल फाइबर बिछ्याउने प्रावधानहरुसहित आयोजना र टेलिकमबीच गत शुक्रबार एक सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र द्रुत मार्ग सडक आयोजनाका आयोजना प्रमुख प्राविधिक सहायक विकास पोखरेलबाट सम्झौतामा हस्ताक्षर भएको छ । विभिन्न प्याकेजमा चरणगत रुपमा निर्माण हुने दु्रत सडक आयोजना निर्माणका क्रममा नै अप्टिकल फाइबरसँग सम्बन्धित ठेक्का समावेश गरी आवश्यक संरचना निर्माण गर्दै जाने व्यवस्था सम्झौतामा उल्लेख गरिएको छ ।

अत्यन्त तीव्र गतिमा निकै ठूलो परिमाणमा डाटा आदानप्रदान गर्न सकिने अप्टिकल फाइबर प्रविधि जडानका लागि जमिन खन्ने, पाइप बिछ्याउने र त्यसमा केबल राख्ने कार्य गर्नुपर्ने हुन्छ । सम्झौताअनुसार यस कार्यमा लाग्ने आर्थिक व्ययभार नेपाल टेलिकमले व्यहोर्ने छ साथै अप्टिकल फाइबर बिछ्याउने कार्यको प्राविधिक सुपरभिजन लगायतका कार्य कम्पनीका तर्फबाट निरन्तर गरिने छ ।

प्रकाशित समय १७:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु