गृहपृष्ठ गैरआवासीय नेपालीले कोरोनाविरुद्ध खोप लगाए

गैरआवासीय नेपालीले कोरोनाविरुद्ध खोप लगाए

Typhoid-Vaccine-trail-Nepal

गैरआवासीय नेपालीले कोरोनाविरुद्ध निर्माण गरिएको खोप लगाउन थालेका छन् । पहिलो चरणमा अग्रपंक्तिमा काम गर्ने नेपालीले खोप लगाउन थालेका गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।

बेलायत, कतार, क्यानाडा, साउदी अरब, बहराइनमा रहेका गैरआवासीय नेपालीले कोरोनाविरुद्धको खोप लगाउन थालेका संघले जनाएको छ । विश्वका विभिन्न मुलुकले कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई आपतकालीन अवस्थामा खोप दिन थालिसकेका छन् ।

९४.५ प्रतिशत नेपाली कोरोनामुक्त

विदेशमा कोरोना संक्रमणमा परेका नेपालीमध्ये ९४.५ प्रतिशत कोरोनामुक्त भएका छन् । संघका अनुसार शनिबार साँझसम्म विदेशमा ५२ हजार ८७२ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ४९ हजार ८९२ जना कोरोनामुक्त भएको संघअन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।

समितिका अनुसार गत साता नाइजेरिया, इजिप्ट, साउदी अरब, कुवेतमा रहेका नेपालीमा संक्रमण पाइएको छ । हालसम्म विभिन्न २१ देशमा ३१२ नेपालीको कोरोना संक्रमणका कारण ज्यान गएको स्वास्थ्य समितिका संयोजक डा‍. सञ्जीव सापकोटाले जानकारी दिए । (रासस)

प्रकाशित समय १७:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु