गृहपृष्ठ संयुक्त राष्ट्रसंघका महासचिवद्वारा शान्तिपूर्ण निर्वाचनका लागि आग्रह

संयुक्त राष्ट्रसंघका महासचिवद्वारा शान्तिपूर्ण निर्वाचनका लागि आग्रह

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले नाइजरमा विधायिका र राष्ट्रपति निर्वाचन शान्तिमय र सुरक्षित गर्नुपर्नेमा जोड दिएको उनका प्रवक्ताले शनिबार बताएका छन् ।

गत डिसेम्बर १३ मा भएको स्थानीय चुनावको शान्तिपूर्ण आचरणको सम्झना गर्दै महासचिवले आइतबारको चुनावलाई समावेशी, शान्तिपूर्ण र सुरक्षित ढंगले सम्पन्न गर्ने सुनिश्चित गर्न सबै राष्ट्रिय सरोकारवालाहरुलाई आह्वान गरेको प्रवक्ता स्टेफान दुजारिकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । गुटर्रेसले प्रजातन्त्र र दिगो विकासको लागि नाइजरको प्रयासमा संयुक्त राष्ट्रसंघको प्रतिबद्धता दोहोर्‍याएको पनि विज्ञप्तिमा बताइएको छ । (रासस)

प्रकाशित समय १६:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु