गृहपृष्ठ साउन ११ र १२ गते ग्लोबल साइबर सेक्युरिटी समिट

साउन ११ र १२ गते ग्लोबल साइबर सेक्युरिटी समिट

cyber_security-newskarobar

नेपालमा ग्लोबल साइबर सेक्युरिटी समिट हुने भएको छ । इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिमले साउन ११ र १२ गते साइबर सेक्युरिटी समिट गर्न लागेको हो । समिटमा चीन, भारत, अमेरिका र अस्ट्रेलियाका साइबर सेक्युरिटी विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

समिटमा संसारभर द्रुतगतिमा विस्तार भइरहेको डिजिटलाइजेसन र त्यसले निम्त्याएको साइबर सेक्युरिटी चुनौतीबारे बृहत् अन्तर्क्रिया हुनेछ । इन्फर्मेसन सेक्युरिटीमा आउने चुनौतीको सामना गर्ने उपाय खोज्न समिटिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने टिमले जनाएको छ ।

समिटमा नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नास्ट), नेपाल बैंकर संघ, कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघ, इन्टरनेट सोसाइटी नेपाल च्याप्टरलगायतको सहभागिता रहनेछ ।

 

प्रकाशित समय १०:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु