गृहपृष्ठ विश्व जनसंख्या दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम
विश्व जनसंख्या दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम

आज विश्व जनसंख्या दिवस हो । संयुक्त राष्ट्रसघंको आह्वानअनुसार प्रत्येक बर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिएको छ । दिवसको अवसर पारेर नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सम्बन्धी संघसंस्थाको पहलमा विभिन्न कार्यक्रम हुँदैछ ।
यसवर्ष जनसंख्या दिवसको नारा ‘युवामा लगानी गरौं’ भन्ने राखिएको छ । दिवसका अवसरमा शुभकामना दिदै स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले देश विकासमा युवा जनशक्तिलाई परिचालन गर्न राज्यले युवाहरुको पहिचान गरी विशेष नीति र कार्ययोजना ल्याउने प्रतिबद्धता जनाएका छन् ।
विश्वमा १० देखि २४ वर्ष उमेर समुहका मानिसहरूलाई युवा मानिन्छ । नेपालमा यो उमेरका करिब ३३ प्रतिशत जनसंख्या रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित समय १०:३९ बजे