गृहपृष्ठ मोबाइल एक्सचेन्ज मेला एक दिन बाँकी, एउटा किन्दा एउटा सित्तैमा
मोबाइल एक्सचेन्ज मेला एक दिन बाँकी, एउटा किन्दा एउटा सित्तैमा
सिटीसी मल सुन्धारामा रहेको सिटीसी मोबाइल हबले सञ्चालन गरिरहेको मोबाइल एक्सचेन्ज मेला अब एक दिनमात्र सञ्चालन हुनेछ । एउटा मोबाइल किन्दा अर्को एउटा सित्तैमा अफरसमेत रहेको मेला पुस १० गते मंगलबार क्रिसमसको दिनसम्म चल्ने आयोजकले जनाएको छ । साथै, क्रिसमस डेलाई लक्षित गरेर मोबाइल हबले एउटा मोबाइल किन्दा अनिवार्य रुपमा एउटा गिफ्ट पनि उपलब्ध गराउनेछ ।
मोबाइल मेलामा ग्याजेट पारखीहरुले आफूलाई मन परेको मोबाइल, ल्यापटप, क्यामेरा तथा एप्पलका आईफोन, आइप्याड, म्याकलगायतका सामग्री किस्ताबन्दीमा किन्न पाउनेछन् । मोबाइल एक्सचेन्ज अफरका साथै एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैमा अफर मेलाको आकर्षण बनेको छ ।
नौ हजार ९ सय ९९ रुपैयाँदेखि २ लाख ३४ हजार रुपैयाँसम्मका मोबाइल किन्न सकिने हबमा ११ हजार रुपैयाँदेखि ३ लाख १५ हजार रुपैयाँसम्मका ल्यापटप, आइप्याड, म्याक बुकलगायतका सामान उपलब्ध छन् । ‘मेलामा जस्तोसुकै पुरानो मोबाइलको पनि उचित मूल्य पाउनुका साथै सट्टापट्टा पनि गर्न सकिन्छ,’ सिटीसी मोबाइल हबका प्रबन्धक जीवन श्रेष्ठले भने ।
प्रकाशित समय १६:१९ बजे

















