गृहपृष्ठ बुटवलका वडा सचिव घुससहित पक्राउ
बुटवलका वडा सचिव घुससहित पक्राउ
बुटवल उपमहानगरपालिकाका वडासचिव घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुससहित पक्राउ गरेको हो ।
वडा नम्बर १३ का सचिव भरत काउचालाई अख्तियार बुटवलले पक्राउ गरेका हो । ५ हजार घुस लिँदै गर्दा उनी रंगेहात पक्राउ परेको अख्तियारले जनाएको छ । बुटवल उपमहानगरपालिका गेट अगाडिको एक रेष्टुरेन्टमा उनले रकम लिँदै गरेको अवस्थामा पक्राउ गरेको अख्तियार जनाएको छ ।
प्रकाशित समय १६:१७ बजे

















