गृहपृष्ठ बुटवलमा फागुन ३ देखि सूचना प्रविधि मेला
बुटवलमा फागुन ३ देखि सूचना प्रविधि मेला

कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासंघ रुपन्देहीले फागुन ३ गतेबाट बुटवलमा क्यान मेल गर्ने भएको छ ।
शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा क्यानले स्टार्ट वाईटेक क्यान इन्फोटेक २०१९ सञ्चालन गर्ने जानकारी दिएको हो । मेला पाँच दिनसम्म चल्नेछ । सूचना र प्रविधिको जानकारी र विभिन्न स्टलबाट खरिदबिक्रीसमेत हुने क्यान महासंघ रुपन्देहीका अध्यक्ष नारायणप्रसाद श्रेष्ठले जानकारी दिए ।
मेलामा १५० स्टल रहनेछ भने करिब दुई लाखले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । विद्यार्थीका लागि ३० र सर्वसाधारणका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।
प्रकाशित समय ०९:३० बजे