गृहपृष्ठ रुसका दुई लडाकू विमान दुर्घटनाग्रस्त
रुसका दुई लडाकू विमान दुर्घटनाग्रस्त
सांकेतिक तस्बिर
रुसी हवाई बलको दुई वटा लडाकू विमान एक आपसमा ठक्कर खाएका छन् । प्रशिक्षणमा रहेका ती विमानहरु देशको सुदुरपूर्वमा शुक्रबार उडाइएको रुसको रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयद्वारा जारी वक्तव्यका अनुसार दुर्घटना भएका विमानहरु जापानी समुद्रमाथी जुधेका हुन् । स्थानीय समय अनुसार बिहान ८ बजेर ७ मिनेट जाँदा दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । ठक्कर खाएका विमानमा गोला बारुद भने थिएन ।
विमानलाई ठक्करपछि अवतरण गराइए पनि चालल उद्दारका लागि हेलिकप्टर परिचालन गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रकाशित समय ०९:४७ बजे

















