गृहपृष्ठ साउनयता ५२ बालबालिका हराए, १५ जना अझै बेपत्ता

साउनयता ५२ बालबालिका हराए, १५ जना अझै बेपत्ता

पछिल्लो समय बालबालिका हराउने क्रम बढ्दो छ । बालाजुस्थित महानगरीय प्रहरी वृत्तमा गत साउनयता मात्र ५२ बालबालिका हराएको उजुरी परेको वृत्तको महिला तथा बालबालिका शाखाले जनाएको छ ।

पछिल्लो समय सामाजिक सञ्जाल र साथीसंगतले बालबालिका हराउने क्रम बढेको उक्त शाखाका प्रहरी साहायक निरीक्षक संगीता अधिकारीले बताइन् । हराएका ५२ मध्ये ३७ बालबलिकालाई अभिभावकको जिम्मा लगाएको तर चार बालिका र ११ बालक अझै फेला नपरेको वृत्तले जनाएको छ ।

आर्थिक वर्ष २०७४–७५ मा ८३ बालबालिका हराएका उजुरी कार्यालयमा दर्ता भएका थिए । हराउनेमा ४० बालक र ४३ बालिका थिए । हराएकामध्ये १९ बालक र ३६ बालिकालाई अभिभावकको जिम्मा लगाइएको थियो ।

साथै, बेवारिसे फेला पारिएका २३ बालबालिकालाई विभिन्न संघ संस्थाको जिम्मा लगाएको प्रहरीले जनाएको छ । (रासस)

प्रकाशित समय ०९:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु