गृहपृष्ठ पठाओ बन्द नहुने, विपक्षीका नाममा सर्वोच्चको कारण देखाउ आदेश
पठाओ बन्द नहुने, विपक्षीका नाममा सर्वोच्चको कारण देखाउ आदेश
राइडिङ सेयरिङ कम्पनी पठाओ बन्द नहुने भएको छ । पठाओ रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि पठाओ नियमित सञ्चालन हुने भएको हो ।
निजी प्रयोजनमा प्रयोग हुने मोटरसाइकलको प्रयोग व्यापारिक फाइदाका लागि हुन नहुने भन्दै श्यामकुमार श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । अन्तरिम आदेशको माग गर्दै परेको उक्त रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
मंगलबार न्यायाधीशद्वय केदारप्रसाद चालिसे र अनिलकुमार सिन्हाको इजलासले उक्त रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्यो । साथै सर्वोच्चले प्रारम्भिक बहसपछि विपक्षी पठाओ तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसहितका विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
प्रकाशित समय २०:०४ बजे

















