गृहपृष्ठ नख्खु विस्फोट : मुख्य योजनाकार कलंकीबाट पक्राउ
नख्खु विस्फोट : मुख्य योजनाकार कलंकीबाट पक्राउ
प्रहरीले नख्खुस्थित एनसेलको मुख्यालय नजिकै बम विस्फोट गराउने मुख्य योजनाकार पक्राउ गरेको बताएको छ । उक्त घटना गराएको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहका सूर्य भूजेललाई कलंकीबाट पक्राउ गरेको छ ।
मंगलबार पक्राउ परेका भुजेल नै घटनाका मुख्य योजनाकार भएको प्रहरीको दावी छ । उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । उनैको डिजाइनमा उक्त विस्फोटको घटना भएको प्रहरीको भनाइ छ ।
प्रकाशित समय २०:२७ बजे

















