गृहपृष्ठ ‘रकेट लञ्च साइट’ बनाउँदै किम जोङ उन
‘रकेट लञ्च साइट’ बनाउँदै किम जोङ उन
विश्व समुदायसँग नष्ट गर्ने प्रतिवद्धता जनाएका ‘रकेट लञ्च साइट’ को पुनर्निमाणमा उत्तर कोरिया लागिपरेको छ ।
सेटेलाइट तस्बिरहरुले उत्तर कोरिया ‘रकेट लञ्च साइट’को पुनर्निर्माणमा लागेको पुष्टि गरेको बीबीसीले जनाएको छ । सेटेलाइट तस्बिर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली शासक किम जोङ–उनबीच भएको भेटवार्ताको दुई दिन पछि मात्रै खिचिएको थियो । भियतनामको राजधानी हनोईमा भेटवार्ता गरेका अमेरिकी राष्ट्रपति डनाल्ड ट्रम्प र उत्तरका नेता किमले कुनै ठोस सहमति गरेका थिएनन् । परमाणु निशस्त्रीकरणको मुद्दामा उक्त भेटवार्ता निष्कर्षविहीन भएको थियो ।
उत्तर कोरियाको डोङचाङ–रीमा सोहाए परीक्षण स्थललाई सेटेलाइट लञ्च र इञ्जन टेस्टिङका लागि प्रयोग गरिँदै आइएको बताइएको छ । तर सो ठाउँमा ब्यालेस्टिकि मिसाइलको परीक्षण भने गरिएको छैन् ।
यसैबीच, अमेरिकाले उत्तर कोरियाले परमाणु निशस्त्रीकरणका लागि गम्भीर नभए अझै बढी प्रतिबन्धहरुको सामना गर्नुपर्ने चेतावनी दिएको छ । तस्बिरहरुले सोहाएमा डोङचाङ–री परीक्षण स्थलमा ‘रकेट लञ्च पेड्स’ को पनुर्निमाणको काम धमाधम भइरहेको देखाएपछि अमेरिका थप रुष्ट बनेको हो ।
प्रकाशित समय ०७:३५ बजे

















