गृहपृष्ठ ललितपुरको हात्तिवनमा इन्भेष्टमेण्ट बैंकको एक्स्टेन्सन काउन्टर

ललितपुरको हात्तिवनमा इन्भेष्टमेण्ट बैंकको एक्स्टेन्सन काउन्टर

nibl-extension-counter-newskarobar

नेपाल इन्भेष्टमेण्ट बैंकले ललितपुरको हात्तिवनस्थित काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेसन एण्ड स्कुल अफ आर्ट्समा दशौं एक्स्टेन्सन काउन्टर खोलेको छ । काउन्टरको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे, काठमाडौं युनिभर्सिटी (केयू)का प्रमुख कार्यकारी अधिकृत मुकुन्दप्रसाद उपाध्याय, केयू स्कुल अफ एजुकेसनका डिन प्रा.डा. महेशनाथ पराजुली र डिन प्रा.डा. सागरराज शर्माले संयुक्त रुपमा उद्घाटन गरे ।

काउन्टरले केयू हात्तिवनको रकम जम्मा गर्न र भुक्तानी गर्न सहयोग गर्नेछ । स्कुल अफ आर्ट्स विषयमा पिएचडीसम्मको पढाइ हुने केयूमा ६ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विगत १२ वर्षदेखि बनेपास्थित काठमाडौं युनिभर्सिटीसँगको नातालाई अझै फराकिलो पार्ने उद्देश्यले बैंकले एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको जनाएको छ ।

इन्भेष्टमेन्ट बैंकले ७८ शाखा, ९ राजस्व संकलन एक्सटेन्सन काउन्टर, ४९ शाखारहित बैंकिङ, १११ वटा एटिएम र ३,६६५ वटा पिओएस् मेसिनबाट सेवा दिइरहेको छ ।

प्रकाशित समय ०७:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु