गृहपृष्ठ न्यूयोर्कमा नेपाली भाषामै सवारी लाइसेन्सको परीक्षा दिन पाइने

न्यूयोर्कमा नेपाली भाषामै सवारी लाइसेन्सको परीक्षा दिन पाइने

संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यमा नेपाली भाषामा पनि सवारी चालक अनुमतिपत्रको परीक्षा दिन पाइने भएको छ ।

न्यूयोर्क स्टेट डिपार्टमेन्ट अफ मोटर भेहिकल्सले सवारी चालक अनुमतिपत्रका लागि नेपाली तथा बंगाली भाषा थप गर्ने निर्णय गरेको हो । लिखित परीक्षा मोटर भेहिकल क्लास डी र मोटरसकाइकलको अनुमतिपत्र लिन चाहनेहरुका लागि भएको विज्ञप्तिमा उल्लेख छ ।

मेरिल्याण्ड राज्यमा तीन वर्ष अघि नै नेपाली भाषामा परीक्षा दिन पाउने व्यवस्था गरिएको थियो भने क्यालिफोर्नियामा पनि नेपाली समुदायले पहल गरिरहेको बताइएको छ ।

प्रकाशित समय ११:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु