गृहपृष्ठ हावाहुरीमा घाइते भएका १४ वर्षीय किशोरको मृत्यु

हावाहुरीमा घाइते भएका १४ वर्षीय किशोरको मृत्यु

hawahuri-bara-newskarobar

गत आइतबार बारा–पर्सामा आएको हावा हुरीबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

गृह मन्त्रालयका अनुसार बुधबार बिहान विपत्तिमा परेका बाराका किशोर १४ वर्षीय लक्ष्मण पासवानको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको छ ।
बाराका २८ र पर्साका १ सहित आँधीबेहरीमा २९ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराका अनुुसार ९ सय ४० घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने १८ सय घरमा क्षति पुगेको छ ।

प्रकाशित समय १०:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु