गृहपृष्ठ भारतमा माओवादी आक्रमणमा ६ प्रहरी मारिए

भारतमा माओवादी आक्रमणमा ६ प्रहरी मारिए

भारत- भारतको छत्तीसगढ राज्यस्थित दन्तेवाडामा माओवादी आक्रमणमा परी ६ जना प्रहरी मारिएका छन् । घरेलु बम विस्फोट गराएर माओवादी समूहले सुरक्षाबलका ६ जवानको ज्यान लिएको हो । आक्रमणपछि माओवादीहरुले सुरक्षाफौजबाट दुईवटा एके ४७, दुर्इवटा इन्सास राइफल र दुर्इवटा एसएलआर ग्रिनेड लुटेका छन् ।

एन्टी नक्सल अपरेसनका डीआईजी सुन्दर राजका अनुसार सुरुवाती जानकारीअनुसार ६ जवानको ज्यान गएको छ । घटनामा एकजना घाइते भएका छन् । दन्तेवाडाको चोलनारनजिकै माओवादीले घरेलु विस्फोटक पदार्थ जमिनमुनि गाडेर प्रहरीको ज्यान लिएका हुन् । घरेलु विस्फोटकको चपेटामा जिपमा सवार जिल्ला पुलिसका सात जवान परेका हुन् । किरन्‍दुलबाट चोलनारबीच चलिरहेको सडक निर्माणको सुरक्षा दिइरहेका पुलिसको टिम घरेलु विस्फोटकको धरापमा परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रकाशित समय १७:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु